अमेरिकामा राष्ट्रपति चयनका लागि मतदान सुरु
न्यूयोर्क– विश्व शक्तिराष्ट्र अमेरिकामा मंगलबार नयाँ राष्ट्रपति चयनका लागि मतदान सुरु भएको छ। अमेरिकाको न्यु ह्याम्सायरको डिक्सभील नोच र मिल्सफील्डबाट मतदान शुरु गर्ने परम्परा अनुसार त्यस ठाउँमा मतदान भइसकेको हो। नेपाली समयअनुसार मंगलबार बेलुकाबाट मतदान शुरु हुने भएको हो। अमेरिकाको स्थानीय समयअनुसार मंगलबार बिहान स्थानअनुसार ६ बजेदेखि ८ बजेसम्ममा मतदान सुरु भएको छ। प्रत्यक्ष मतदान मंगलबार...