April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

पिरामिड शैलीको अवैध नेटवर्किङ व्यवसाय गर्ने ३ जना पक्राउ

२०७७ कार्तिक १८

3.5K

काठमाडौं-नेपाल प्रहरीले पिरामिड शैलीको अवैध नेटवर्किङ व्यवसायमा गर्ने ३ जना पक्राउ गरी वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको जिम्मा लगाएको छ।

पक्राउ पर्नेमा कास्कीकाे पोखरा महानगरपालिका-५, मालेपाटनमा गण्डकी हर्वल स्टोर्स सञ्चालन गरी बस्ने पर्वत जलजला गाँउपालिकाका होमनाथ जैसी, सोही स्थानमा बस्ने बर्ष २४ का सरोज शर्मा र काठमाडौ महानगरपालिका ४ टोखा बस्ने प्रदिप रिजाल छन्।

ओरियन्स लगायतका नेटवर्कमा आधारित व्यवसायका नाममा म्याग्दीका का थुप्रै युवाहरुलाई प्रलोभनमा पारी अवैध व्यवसाय र ठगी भईरहेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय म्याग्दीले अनुसन्धान अगाडि बढाएको थियो। अनुसन्धानका भारतिय कम्पनी ओरियन्स ग्लोबल मार्केटिङ प्राइभेट लिमिटेडले क्रममा म्याग्दी, पर्वत, बाग्लुङलगायतका जिल्लामा ठगी गरेको भेटिएको हो।

Advertisement

उक्त कम्पनीले भारतमा उत्पादन भएका बिभिन्न नामका फुड सप्लिमेन्टहरू नेपालमा ल्याई व्यक्तिहरूलाई विभिन्न रोगहरु निको हुने, छोटो समयमै राम्रो कमिसन प्राप्त हुने प्रलोभन देखाई निश्चित परिमाणमा फुड सप्लिमेन्टहरू किन्न लगाई सदस्य बनाउने र सोही व्यक्तिहरुका माध्यमबाट अन्य व्यक्तिहरुलाई समेत सदस्य बनाई पिरामिड शैलीको सञ्जाल बनाई व्यवसाय संचालन गरिरहेको भेटिएको छ। 

प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानका क्रममा यी व्यक्तिहरुले म्याग्दीका १४१ सहिल कुल २५३ जना व्यक्तिहरुलाई सदस्य बनाई ठगी गरेको भेटिएको हो। प्रहरीका अनुसार वस्तुको प्रत्यक्ष बिक्री (व्यवस्थापन तथा नियमन गर्ने) ऐन, २०७४ बमोजिम पिरामिडमा आधारित व्यवसाय गरेको भेटिएको हो।