April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

विज्ञ भन्छन् – कोरोना संक्रमण भएको ६ महिनासम्म टी-सेलले काम गर्छ

२०७७ कार्तिक १८

3K

एजेन्सी– वैज्ञानिकहरूले कोरोना संक्रमण भएको ६ महिनासम्म कोभिड-१९ विरूद्धको इम्युन सेलले काम गर्ने बताएका छन्। कोरोना संक्रमित एक सय जनामा गरिएको एक परीक्षणमा विभिन्न लक्षण भएका संक्रमितमा अन्यको तुलनामा टी-सेलको रियाक्सन बढी भएको पाइएको हो।

तर यसले पुनः संक्रमण हुनबाट जोगाउन पूर्ण रूपमा मद्दत भने गर्न सक्छ/सक्दैन यकीन भइनसकेको उनीहरूले बताएका छन्। बेलायतका खोजकर्ताहरूले यो खोजलाई एउटा सानो उपलब्धिको संज्ञा दिएका छन्। यसबाट एकपटक कोरोना संक्रमण भइसकेको व्यक्तिलाई अर्को पटक फेरि संक्रमण हुने वा नहुने र यदि नहुने भएमा पहिलो संक्रमण भएको कति समयसम्म अर्को संक्रमण नहुने भन्ने प्रश्न उब्जिएको उनीहरू बताउँछन्।

वैज्ञानिकका अनुसार शरीरमा संक्रमण भएको १० दिनबाट शरीरले एन्टिबडी निर्माण गर्न सुरू गर्छ, तर एन्टिबडी क्रमशः घट्दै जाने वैज्ञानिहरूले उल्लेख गरेका छन्। उनीहरूका अनुसार शरीरमा रहेको इम्युन सेल (टी-सेल) ले भाइरसले असर गरेको सेललाई आक्रमण गर्ने काम गर्दछन्। यसलाई नै सेलुलर इम्युन रेस्पोन्स भन्ने गरिन्छ।

Advertisement

यो रिसर्च युनिभर्सिटी अफ बर्मिंगम, दि एनआइएचआर म्यान्चेस्टर क्लिनिकल रिसर्च फ्यासिलिटी र पब्लिक हेल्थ इंग्ल्याण्डको समन्वयमा यूके कोरोना भाइरस इम्युनोलोजी कन्सोर्टियमले गरेको बिबिसीले उल्लेख गरेको छ।