न्यायालय सुधारका लागि सर्वोच्च नेतृत्वको टोली दाङमा
दाङ – न्यायपालिकामा हुने अनियमितता, भ्रष्टाचार र बिचौलियाका सम्बन्धमा अध्ययन गर्न गठन गरिएको समितिले दाङमा सुझाब तथा गुनासो संकलन गरेको छ। गत साउन ३० गते तीन महिनामा काम सक्ने कार्यादेश प्राप्त गरेकोे समितिले न्यायपालिकामा हु्न सक्ने विकृति, विसङ्गत, अनियमितता, भ्रष्टाचार एवं बिचौलियाबाट हुन सक्ने क्रियाकलापहरू तथा रोकथामका उपायहरूबारे सरोकारवाला पक्षसँग तुलसीपुर र घोराहीमा सुझाव तथा गुनासो संकलन गरिरहेको छ।...