April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

भारतमा फिल्म हल खुले तर दर्शक आएनन्

२०७७ कार्तिक १८

5.9K

काठमाडौं – भारतमा कोरोना भाइरस र लकडाउका कारण बन्द गरिएका फिल्म हल खुला गरिएको छ । मल्टिप्लेक्सका केही हल खुला गरिएका छन् । सिंगल थिएटर पनि खुलेका छन् ।

हल खुला गरिए पनि दर्शक भने हलसम्म पुगेका छैनन् । न त फिल्म हलमा देखाउनलाई कुनै नयाँ फिल्म रिलिज भएका छन् ।

खुला गरिएका हलमा पुराना फिल्म प्रदर्शन गरिएको छ । ती फिल्म हेर्न एकाध दर्शक आएका छन् । हलवालाले यति दर्शक आउँदा बिजुलीको बिल पनि तिर्न नसकिने प्रतिक्रिया दिएका छन् ।

Advertisement

ठूला फिल्म निर्माताले आफ्ना फिल्म अझै तय गरेका छैनन् । किनकि, हलमा पूरै संख्यामा दर्शक नपाइने नियम छ ।

कोरोना भाइरसका कारण दर्शक पनि फिल्म हलसम्म आउन अझै तयार नभएको देखिएको छ । अर्कातिर नामी स्टारका कुनै फिल्म पनि रिलिज हुने तरखरमा छैनन् । जसले गर्दा दर्शकलाई हलसम्म जान मन लागिरहेको छैन ।

कोरोना महामारीका कारण न त कुनै हलिउड फिल्म नै रिलिज भएका छन् ।