February 12, 2026, Thursday
२०८२ माघ २९
1:37:26 pm

विष्णुदत्त आङ्बुहाङद्धारा छात्रावृत्ति कोषका लागि रकम प्रदान

825

ललितपुर । प्राज्ञिक तथा सामाजिक सामाजिक व्यक्तित्व विष्णुदत्त आङ्बुहाङले छात्रावृत्ति कोषका लागि रकम प्रदान गरेका छन् । याक्थुङ (लिम्बू) भाषा शिक्षण विषयक पोस्टग्राजुएट डिप्लोमा इन एजुकेशन इन याक्थुङ (लिम्बू) ल्याइवेज टिचिङ्का लागि आङ्बुहाङले रु ७५ हजार प्रदान गरेका हुन् ।

बुधबार किरात याक्थुङ ललितपुरमा पुगेर आङ्बुहाङले कियाचुका केन्द्रीय अध्यक्ष प्रेम येक्तेनलाई हस्तान्तरण गरेका छन् ।

आङ्बुहाङले यसअघि लिम्बुवान अध्ययन केन्द्रलाई एक करोड रकम प्रदान गरेका थिए ।

Advertisement

किरात याक्थुङ चुम्लुङ र काठमाडौं विश्वविद्यालयको सहकार्यमा स्कूल अफ एजुकेशन, भाषा शिक्षण विभागले याक्थुङ (लिम्बू) भाषा शिक्षण विषयक एक वर्षे पोस्टग्राजुएट डिप्लोमा इन एजुकेशन इन याक्थुङ (लिम्बू) ल्याइवेज टिचिङ् संचालन गर्ने भएको छ ।

कियाचु महासचिव निरन्ती तुम्बापोका अनुसार विशेषज्ञता प्राप्त दक्ष शिक्षकहरुको कमीलाई परिपुर्ति गर्ने र विद्यालयहरूमा गुणस्तरीय याक्थुङ (लिम्बू) भाषा शिक्षणका लागि दक्ष शिक्षक उत्पादन गर्ने उद्देश्यले यस्तो कार्यक्रमको सुरुवात गरिएको हो ।