January 27, 2026, Tuesday
२०८२ माघ १३
1:37:26 pm

विद्यालयको बसले किचेर ४ वर्षीया बालिकाको मृत्यु

390

काठमाडौं । नवलपरासीमा विद्यालयको बसले किचेर ४ वर्षीया बालिकाको मृत्यु भएको छ ।

प्रहरीकाअनुसार देवचुली नगरपालिका-१ स्थित नेपाल माध्यमिक विद्यालयको बसले किच्दा नर्सरीमा पढ्ने सुष्मा पासवानको ज्यान गएको हो । उनी सोही विद्यालयकी विद्यार्थी हुन् ।

mostbet


बसबाट स्कुल झर्ने क्रममा खसेको झोला टिप्न खोज्दा ब्याक गरेको बसले उनलाई किचेको थियो । बसका चालकले बच्चा नदेखेका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीको भनाइ छ ।

Advertisement

शव पोस्टमार्टमका लागि देवचुली नगर अस्पताल पठाउन लागिएको प्रहरीले जनाएको छ ।