February 12, 2026, Thursday
२०८२ माघ २९
1:37:26 pm

भरुवा बन्दुक पड्किँदा एक युवकको मृत्यु

285

काठमाडौं । डोटीमा घरभित्र राखेको भरुवा बन्दुक पड्किँदा एक युवकको मृत्यु भएको छ । बन्दुक पड्किँदा निस्किएको छर्रा बाँया कन्चटमा लाग्दा बोगटान फुड्सिल गाउँपालिका–१ लफडा गाउँका ३० वर्षीय कलम धामीको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार धामी दुर्गा सिंह कुडमालको घरमा बिजुली वायरिङको काम गरिरहेका थिए । सोही क्रममा कोठाभित्र राखिएको भरुवा बन्दुक पड्किएको थियो ।

घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक नवराज रावलको कमाण्डमा टोली खटिएको छ ।

Advertisement