January 29, 2026, Thursday
२०८२ माघ १५
1:37:26 pm

विद्यालयका शिक्षक र विद्यार्थीको डिजिटल हाजिरी कार्यान्वयनमा ल्याउन निर्देशन

425

काठमाडौं । काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले सामुदायिक विद्यालयका शिक्षक, कर्मचारी र विद्यार्थीहरूको हाजिरी ७ दिनभित्र पूर्ण रूपमा डिजिटल बनाउन शिक्षा विभाग र सूचना प्रविधि विभागलाई निर्देशन दिएकी छन् ।

चालु आर्थिक वर्षमा सम्पन्न काम, थालिएका असल अभ्यासका विषयमा जानकारी लिँदै विभागीय र क्षेत्रगत कामको नतिजाका लागि नीतिगत रूपमा गर्नुपर्ने सहजीकरणका विषयमा जानकारी लिने क्रममा मंगलबार डङ्गोलले यस्तो निर्देशन दिएकी हुन् ।

शिक्षा विभागका अधिकारीसँग छलफल गर्दै उनले नियमितता विद्यार्थीको मात्र नभएर शिक्षक र कर्मचारीको पनि चाहिने बताएकी हुन् ।

Advertisement

एसईईको नजिक आउन लागेको भन्दै उनले गएको वर्ष प्राप्त नतिजा क्रमशः बढाउँदै लैजानुपर्ने भन्दै तयारी कक्षा, अतिरिक्त कक्षा, शिक्षक र कक्षा थप लगायत आवश्यक पर्ने कुनै पनि काममा कमजोरी हुन नदिन निर्देशन दिईन् । उनले थपिन्, ‘तथ्यले नतिजामा सुधार देखिनुपर्छ । यसमा छुट सुविधा कसैलाई हुँदैन ।’