काठमाडौं । नेकपा माओवादी केन्द्रका महाधिवेशन आयोजन समितिका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद् पुनःस्थापना भन्नु विडम्बनापूर्ण रहेको टिप्पणी गरेका छन् ।
पार्टी मुख्यालय पेरिसडाँडामा अखिल नेपाल ट्रेड युनियन महासंघद्वारा आयोजित चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘केपी ओली प्रधानमन्त्री हुँदा संसद् विघटन भयो, तत्कालीन राष्ट्रपतिको भूमिकाले त्यो संकट अझ चर्कियो । अहिले उनीहरूकै समूहले संसद पुनःस्थापनाको कुरा गर्नु विडम्बनापूर्ण हो ।’
केन्द्रीय समितिको बैठकबाट आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभाको चुनाव हुन नसक्ने निष्कर्ष निकाल्दै नेकपा एमालेले संसद् पुनःस्थापनालाई एजेण्डा बनाएको छ ।




