November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

पाँचथरमा बोलेरो दुर्घटना हुँदा ६ जनाको मृत्यु

585

विराटनगर । पाँचथरमा बोलेरो गाडी दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । १२ जना यात्रु रहेको मे१ज ३०५५ नम्बरको बोलेरो शनिबार कुम्मायक गाउँपालिका–३ कार्तिकेमा दुर्घटनामा परेको हो ।

दुर्घटनामा तीन महिला र तीन पुरूषको घटनास्थलमै मृत्यु भएको स्रोतले जनाएको छ । उनीहरूको सनाखत हुन बाँकी रहेको बताइएको छ ।

प्रहरीका अनुसार गाडीमा सवार १२ जनामध्ये तत्काल पहिचान नखुलेका ६ जना घाइते छन् । तीमध्ये पाँच जनालाई थप उपचारका लागि धरान र एक जनालाई जिल्ला अस्पताल फिदिम पठाइएको छ ।

Advertisement

ताप्लेजुङबाट धरानतर्फ जाँदै गरेको उक्त गाडी शनिबार दिउँसो करिब १२ बजेतिर तमोर करिडोर सडक खण्डमा अनियन्त्रित भई सडकबाट दाहिनेपट्टि करिब ५०० मिटर तल तमोर खोलाको किनारमा खसेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।