काठमाडौं । गुल्मीमा बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । सोमबार बुटवलदेखि मालिका गाउँपालिका ५ अर्जै छापतर्फ जाँदै गरेको भएको यात्रुबाहक बस रेसुङ्गा नगरपालिका–४ स्थित छल्दीपनाहमा दुर्घटनामा परेको हो ।
घाइते भएकामध्ये सहचालक ३१ वर्षीय दीपक पराजुलीलाई थप उपचारका लागि मिसन अस्पताल पाल्पा लगिएको र अन्य १२ जनाको जिल्ला अस्पताल तम्घासमा उपचार भइरहेको प्रहरीले जनाएको छ । तीन जना भने उपचार पछि डिस्चार्ज भएका छन् ।
लु१ख ७७७६ नम्वरको बस सडकबाट पाँच मिटर तल खसेको छ । ओरोला र घुम्टीमा ब्रेक फेल भएर बस दुर्घटना भएको प्रहरीले जनाएको छ ।




