काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री सिफारिस भएकी डा. संगीता कौशल मिश्राको नाम काटिएको छ । विवादास्पद विगत सार्वजनिक भएसँगै प्रधानमन्त्री सुशीला कार्कीले उनको नाम काटेकी हुन्।
आइतबार साँझ डा. मिश्रालाई स्वास्थ्यमन्त्रीमा सिफारिस गरेकी प्रधानमन्त्री कार्कीले राष्ट्रपति कार्यालय शीतल निवासमा पठाएको सिफारिसको फाइल फिर्ता मगाएको बताइएको छ ।
सोमबार बिहान ७ बजे राष्ट्रपति कार्यालयबाट मन्त्री नियुक्तिका लागि सिफारिस गरिएको फाइल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा फिर्ता पुगेको थियो । त्यसपछि त्यो फाइल सोमबार बिहान ९ बजे राष्ट्रपति कार्यालयमा फिर्ता पठाउँदा डा. मिश्राको नाम काटेर प्राप्त भएको राष्ट्रपति कार्यालय स्रोतले जानकारी दियो ।
आइतबार कार्कीले डा. मिश्रासहित ५ मन्त्रीको नाम सिफारिस गरेकोमा उनको नाम काटिएपछि चार मन्त्रीको शपथ हुने निश्चित भएको हो । यसअघि ४ सदस्यीय मन्त्रिपरिषद्मा आज ४ जना थपिएपछि ८ ससदस्यीय हुने भएको छ ।




