November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

प्रदर्शनका क्रममा निधन भएकाहरूको राष्ट्रिय सम्मानसहित अन्त्येष्टि हुनेछ: मन्त्री अर्याल

615

काठमाडौं । नवनियुक्त गृहमन्त्री तथा कानुन न्याय तथा संसदीय मामिला मन्त्री ओमप्रकाश अर्यालले प्रदर्शनका क्रममा निधन भएकाहरूलाई सहिद घोषणा गर्दै राष्ट्रिय सम्मानसहित अन्त्येष्टि हुने बताएका छन् ।

 पदभार ग्रहण गर्दै मन्त्री अर्यालले आन्दोलनका क्रममा घाइते भएकाहरुको राज्यले निःशुल्क उपचार गर्ने र पीडित पक्षको माग सम्बोधन गरिने बताएका हुन् ।

उनले आन्दोलनका क्रममा गल्ती गर्नेले गल्ती महसुस गर्नुपर्ने र उद्दण्डता मच्चाउनेलाई नागरिक स्तरबाट प्रमाण जुटाएर कारबाही गरिने पनि बताए ।

Advertisement

यसअघि नवनियुक्त सपथ लिएलगत्तै ऊर्जा, जलस्रोत तथा सिचाईँमन्त्री कुलमान घिसिङले जेन–जी आन्दोलनका घाइते र मृतकका परिवारसँग भेट गरेका छन् ।

त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल पुगेर उनले जेन–जी आन्दोलनका घाइते र मृतकका परिवारसँग भेट गरेका हुन् ।