November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

आइजिपी थापाको बिदाइ, बिहीबारदेखि नेतृत्व सम्हाल्दै चन्द्र कुबेर खापुङ

720

काठमाडौं । प्रहरी महानिरीक्षक दिपक थापाको बिदाई भएको छ । बुधबार प्रहरी प्रधान कार्यालयमा भएको आइजिपी थापाको बिदाईसँगै प्रहरी नेतृत्व चन्द्र कुबेर खापुङले सम्हालेका छन् ।

३० वर्ष सेवा अवधि पूरा गरी आजदेखि सेवा निवृत्त लागेका आईजीपी थापा तथा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)द्वय सुदिप गिरी र टेक बहादुर तामाङलाई बुधबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित विशेष समारोहबीच बिदाइ गरिएको छ ।

उनीहरूलाई नवनियुक्त प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङले शुभकामनासहित बिदाइ गरेका हुन् ।

Advertisement

बिदाइ समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक थापाले नवनियुक्त महानिरीक्षकलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।

थापाले नवनियुक्त प्रहरी महानिरीक्षक खापुङ अत्यन्तै साहसी, निष्ठावान् र क्षमतावान् व्यक्तित्व रहेको बताउदै उनले आफ्नो कार्यकालमा संगठनलाई थप नयाँ उचाई दिने विश्वास व्यक्त गरे ।

समारोहमा प्रहरी महानिरीक्षक दिपक थापाले आफ्नो कार्यकालमा सम्पादन भएका उल्लेखनीय कार्यहरू एवम् प्रहरी संगठनमा हाल सञ्चालनमा रहेका महत्वपूर्ण कार्यहरू समेटिएर तयार गरिएको कार्यसम्पादन प्रतिवेदन नवनियुक्त प्रहरी महानिरीक्षक खापुङलाई हस्तान्तरण गरेका छन् ।