काठमाडौंबाट गोरखा जाँदै गरेको रात्री बस दुर्घटनामा परेको छ । गोरखा दरौदी यातायात सेवा प्रालिको बागमती प्रदेश ०१–००६ ख ४१३१ नम्बरको रात्री बस आज बिहान पौने ६ बजे गोरखामा दुर्घटनामा परेका हो ।
भीमसेन थापा गाउँपालिका–३ मा भएको दुर्घटनामा २१ जना घाइते भएको प्रहरीले जनाएको छ । जसमध्ये ३/४ जनाको अवस्था गम्भीर रहेको प्रहरीको भनाई छ । घाइतेलाई प्रहरी र स्थानीयले उद्धार गरी आरुघाट अस्पतालमा उपचारका लागि पठाएका छन् ।




