November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

कांग्रेस र एमालेमा वैचारिक नेतृत्वको खडेरी छः प्रचण्ड

675

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी केन्द्र सरकारमा नभएकाले शिक्षकहरू अपमानित हुनु परेको आरोप लगाएका छन् ।

शनिबार काठमाडौं सितापाइलाको सहिद शिक्षक स्मृति केन्द्रमा बहुउद्देश्यीय भवनको उद्घाटनपश्चात शिक्षक संगठनको प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले भने, ‘शिक्षकहरूले सडकमा आउनु नपर्ने अवस्था संविधानले नै सुनिश्चित ग¥यो, तर त्यसअनुसार कार्यान्वयन नगर्दा आन्दोलन गर्न बाध्य भए । माओवादी केन्द्र सरकारमा भएको भए शिक्षकहरू अपमानित हुन पदैनथ्यो ।’

पछिल्लोपटक आफू नेतृत्वको सरकारले शिक्षकहरूसँग गरेको सहमति कार्यान्वयन गर्न तत्परता नदेखाएको भन्दै अध्यक्ष प्रचण्डले असन्तोष व्यक्त गरे । उनले भने, ‘सरकार तयार नभएपछि तपाईंहरू (शिक्षकहरू) सडकमा रहनुप¥यो, आन्दोलनमा हुनुभयो । तर सरकारको नेतृत्वबाट अपमानजनक व्यवहार भयो ।’

Advertisement

शिक्षा विधेयकको सन्दर्भमा बोल्दै उनले संसदमा विधेयकमाथि गरिएको छेडछाडप्रति आपत्ति जनाए । ‘हामी सरकारमा हुँदा शिक्षकका माग समेटिएको विधेयक अगाडि बढाएका थियौं’, उनले भने, ‘तर अहिले त्यसमा षड्यन्त्र गरिएको छ ।’

यस्तै, कांग्रेस र एमाले दुवै पार्टीमा वैचारिक नेतृत्वको खडेरी रहेको पनि प्रचण्डको आरोप छ । उनले भने, ‘एमालेभित्र वैचारिक संकट छ, जवजको उत्तराधिकारीको अन्योल छ ।’

अध्यक्ष ओलीले मदन भण्डारीसम्बन्धी बोलेका कथित अभिव्यक्तिहरूलाई समेत आलोचना गर्दै वैचारिक दिशाहीनता देखिएको उनको भनाई थियो ।