November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

सितेरियो कराँते महासंघ ठेचो डोजोको ‘ब्ल्याक बेल्ट’ दिक्षान्त कार्यक्रम सम्पन्न

695

ललितपुर । नेपाल सितेरियो कराँते महासंघ ठेचो डोजोले ब्ल्याक बेल्ट दिक्षान्त कार्यक्रम सम्पन्न गरेको छ । एसियन प्यासिफिक सितेरियो कराँते महासंघका अध्यक्ष दावा गुरुङको अध्यक्षतामा दिक्षान्त कार्यक्रम सम्पन्न भएको हो ।

उक्त दिक्षान्त कार्यक्रममा ललितपुर जिल्लाका ठैब, लुभु, सानागाँउ, झरुवाराशी, टौखेल, लेले र भारदेऊ डोजोसहित ७ वटा डोजोको सहभागिता रहेको थियो ।

ठैब डोजाका अध्यक्ष राजकुमार श्रेष्ठको कोच तथा कमाण्डमा कार्यक्रम सम्पन्न भएको हो । उक्त कार्यक्रममा ७ वटा डोजोबाट ४१ जना खेलाडी ब्ल्याक बेल्टद्वारा दिक्षीत भएका छन् ।

Advertisement

कार्यक्रममा बोल्दै महासंघका अध्यक्ष दावा गुरुङले खेलाडी राज्यको गहना भएको कुरा उल्लेख गरे । उनले नेपालका राजनीतिकर्मीहरुले अनुशासनको पाठ खेलाडीबाट सिक्नु पर्ने उल्लेख गरे ।

कार्यक्रममा बोल्दै नेपाल कराँते महासंघ ब्ल्याक बेल्ट कमिटीका अध्यक्ष देव नारयण कुवर राणाले मानवको शारीरिक, बौद्धिक तथा अनुशासनमा खेलकुदको निकै महत्वपूर्ण भूमिका रहेको कुरा उल्लेख गरे । उनले राज्यले खेल क्षेत्रलाई प्रोत्साहन गर्न नसक्दा खेल क्षेत्रमा रहेका खेलाडीको भविष्य अन्यौलग्रस्त हुने गरेको कुरा बताए । उनले राजनीतिक नेतृत्वमा खेलाडीको उपस्थिति भएमा खेलकुदको क्षेत्र विकाशमा ठुलो परिबर्तन आउन सक्ने कुरा बताए ।
नेपाल सितेरियो कराँते डो संघ ठैब डोजो कमिटी अध्यक्ष तथा रेन्बो क्लब नेपाल फर दि ब्लाइन्डका संस्थापक सदस्य तथा समाजसेवी राजकुमार श्रेष्ठको सभापतित्वमा आयोजित कार्यक्रममा प्रमुख अतिथि एसियन प्यासिफिक सितेरियो कराँते महासंघका अध्यक्ष दावा गुरुङ, बिशेष अतिथि नेपाल कराते महासंघका पुर्व प्रमुख प्रशिक्षक तथा नेपाल सितेरियो कराँते डो संघका प्रमुख प्रशिक्षक महेश कुमार श्रेष्ठ, टौखेल डोजो अध्यक्ष प्रकाश प्रधान, अतिथिमा नेपाल कराँते महासंघ ब्ल्याक बेल्ट कमिटिका अध्यक्ष देव नारयण कुवर राणा, ठैब डोजाका प्रमुख प्रशिक्षक तथा पुर्व राष्ट्रिय खेलाडी बिजयमान् श्रेष्ठ रहेका थिए ।

कार्यक्रममा ललितपुर जिल्लास्थित ठैब, लुभु, सानागाँउ, झरुवाराशी, टौखेल, लेले र भारदेऊ डोजोका प्रतिनीधिहरुको उपस्थिति रहेको थियो ।