November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

एम्बुलेन्स र स्कुल भ्यान ठोक्किँदा एकजनाको मृत्यु

795

पूर्वी नवलपरासीको दुम्कौली चोकमा बिरामी बोकेको एम्बुलेन्स र स्कुल भ्यान ठोक्किँदा एक जनाको मृत्यु भएको छ । सोमबार बिहान भएको दुर्घटनामा परेर स्कुलको भ्यानका चालक ५२ वर्षका कुलप्रसाद सुवेदीको मृत्यु भएको हो ।

प्रहरीकाअनुसार बिरामी बोकेर नारायणगढतर्फ जाँदै गरेको एम्बुलेन्स र दिव्य एकेडेमी स्कुलको विद्यार्थी ओसार्ने भ्यान ठोक्किएको थियो । दुर्घटनामा ७ जना घाइते भएका छन् ।

दुर्घटनामा घाइतेहरूको उद्धार गरेर उपचारका लागि पठाएको प्रहरीले जनाएको छ ।

Advertisement