April 21, 2025, Monday
२०८२ बैशाख ९
1:37:26 pm

एआईजीद्वय बुद्धिराज गुरुङ र केदार ढकाललाई दर्ज्यानी चिन्ह प्रदान

830

काठमाडौं । प्रहरीको जनपद समूहतर्फ एआईजीमा पदोन्नति भएका बुद्धिराज गुरुङ र केदार ढकाललाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । एआईजीद्धयलाई आईजीपी बसन्त कुँवरले शुक्रवार प्रहरी हेडक्वार्टरमा आयोजित समारोहमा दर्ज्यानी चिन्ह लगाइदिएका हुन् ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उनीहरुलाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्ने निर्णय गरेको थियो ।

बुद्धिराज गुरुङलाई प्रधान कार्यालयस्थित कार्य विभाग र ढकाललाई प्रदेश समन्वय विभागमा पदस्थापन गरिएको छ ।

Advertisement