काठमाडौं । महिला स्वास्थ्य स्वयंसेविकाले निःशुल्क सार्वजनिक यातायात चढ्न पाउने भएका छन् ।
शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा एक कार्यक्रमबीच मन्त्रालय र यातायात व्यवसायी राष्ट्रिय महासंघसँगबीच सम्झौता भएसँगै अबदेखि काममा आवतजावत गर्न उनीहरूले भाडा तिर्नु नपर्ने भएको हो ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको सक्रियतामा यातायात व्यवसायीहरूले स्वास्थ्य प्रयोजनका लागि सार्वजनिक यातायातका साधनमा भाडा नलिने सम्झौता गरेका हुन्।
सम्झौता कार्यक्रममा बोल्दै मन्त्री पौडेलले स्वास्थ्य स्वयंसेवीलाई सहज रूपमा काम गर्ने वातावरण बनाउन यो पहलकदमी अघि बढाइएको बताए ।