भक्तपुर । मकवानपुरको भीम फेदी गाउँपालिका वडा नम्बर ४ गोल्फिनबेसीमा तीन वटा सवारी एक आपसमा ठोक्किँदा २८ जना घाइते भएका छन्।
प्रहरीका अनुसार काठमाडौंबाट जनकपुर जाँदै गरेको बा ३ख २७२३ नम्बरको मिनिबस र हेटौँडाबाट काठमाडौँ आउदै गरेको बा २ ज ९८३ नम्बरको ट्याक्सी ठोक्किएर दुर्घटना भएको हो।
बा २ ज ८० नम्बरको अर्को ट्याक्सी पनि दुर्घटनामा परेका सवारीसँग ठोक्किएको प्रहरीले जनाएको छ।
घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको र गम्भीर घाइते ६ सहित आठ जनालाई थप उपचारका लागि चितवन पठाइएको प्रहरीले जनाएको छ।