April 21, 2025, Monday
२०८२ बैशाख ९
1:37:26 pm

अभ्यास खेलमा नेपाल विजयी

955

काठमाडौं । अमेरिकामा हुने आसन्न आइसिसी विश्वकप लिग–२ सिरिजको तयारीका लागि क्यानडामा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले क्यानडा हाइपर्फर्मेन्स टिम (एचपी)लाई हराएको छ ।

बुधबार बिहान भएको चौथो अभ्यास खेलमा नेपालले एचपीलाई दुई विकेटले हराएको हो । 

जितका लागि एक सय ९५ रनको लक्ष्य पछ्याएको नेपालले ४६.२ ओभरमा आठ विकेटको क्षतिमा पूरा गरेको थियो ।

Advertisement

नेपालका लागि ओपनर अनिल शाहले ७३ बलमा ५९ रन बनाए भने आरिफ शेखले ३४ र कुशल मल्लले ३० रन बनाए । 

यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको एचपीले ४७.४ ओभरमा सबै विकेटको क्षतिमा एक सय ९४ रन बनाएको थियो ।