March 12, 2025, Wednesday
२०८१ फाल्गुन २९
1:37:26 pm

संखुवासभामा ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा २ जनाको मृत्यु

810

संखुवासभा । संखुवासभाको मकालु गाउँपालिका–३ स्थित खाँदबारी–किमाथांका सडक खण्डमा ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ट्याक्टर चालक खाँदबारी नगरपालिका– ८ का १९ बर्षीय किरण श्रेष्ठ र सचालक १७ बर्षीय उदित श्रेष्ठ रहेका छन् ।

असोज २ गते बिहान प्रदेश नम्बर १–०२–००३ त १४३७ को ट्याक्टर अनियन्त्रित भई सडकबाट ३०० मिटर तल झरी दुर्घटना हुँदा दुबैजनाको घटना स्थलमा नै मृत्यु भएको हो ।

Advertisement

घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट थप अनुसन्धान भईरहेको छ ।