April 19, 2025, Saturday
२०८२ बैशाख ६
1:37:26 pm

कार्यक्रममा “एक अराजक समूहले अमर्यादित व्यवहार गरेको” भन्दै एनआरएन यूकेको निन्दा

1.6K

लण्डन । बेलायतमा गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेद्वारा आयोजित स्वागत, सम्मान तथा सार्वजनिक सुनुवाई कार्यक्रममा अमर्यादित व्यवहार भएको भन्दै एनआरएनए यूकेले ध्यानाकर्षण गरेको छ ।

एनआरएनए यूकेका अध्यक्ष हितकाजी गुरुङले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै कार्यक्रममा उपस्थित कार्यवाहक नेपाली राजदूत रोशन खनाल, संघका अन्तरराष्ट्रिय समन्वय परिषद अध्यक्ष डा बद्री केसीलगायतका अतिथिहरुको मानमर्दन हुने गरी एक अराजक समूहबाट अमर्यादित र अनुशासनहिन गतिविधि भएको आरोप लगाएका छन् ।

प्रेस विज्ञप्तिमा भनिएको छ, ‘यस गैरआवासीय नेपाली संघ यूकेद्धारा गत २६ अगष्ट २०२४ का दिन अल्डरसटको एम्पायर हलमा आयोजित कार्यक्रममा हाम्रो निमन्त्रणालाई स्वीकार गरी पाल्नुभएका बेलायतका लागि कार्यवाहक नेपाली राजदूत श्रीमती रोशन खनाल, संघका अन्तरराष्ट्रिय समन्वय परिषद अध्यक्ष डा बद्री केसीलगायतका हाम्रा श्रद्धेय अतिथिहरुको मानमर्दन हुने गरी एक अराजक समूहबाट गर्न खोजिएको अमर्यादित र अनुशासनहिन गतिविधिप्रति संघ गम्भीर ध्यानाकर्षण सहित दुख व्यक्त गर्दछ ।’

Advertisement

संस्थाको गरिमा र प्रतिष्ठालाई कमजोर बनाउने नियतले  यस्ता अशोभनीय कार्य गरिएको भन्दै एनआरएनए यूकेले कडा भर्त्सना गरेको छ ।

‘लन्डनस्थित नेपाली दूतावास, गैरआवासीय नेपाली संघको अन्तराष्ट्रिय समन्वय परिषदजस्ता संस्था सदैब सबै बेलायतबासी नेपालीहरुको हक र हित प्रति कृयाशिल रहंदै सबैलाई समान ब्यबहार गर्दै आएकोमा एनआरएनए युकेको सदैव उच्च सम्मान र श्रद्धा रहेको स्पष्ट पार्दै यी संस्थासंग विगतदेखि रहंदै आएको हाम्रो निकट सहकार्य र सद्भावपूर्ण सम्बन्ध आगामी दिनमा झनै सुदृढ हुंदै जाने विश्वास व्यक्त गर्दछौं’, विज्ञप्तिमा उल्लेख गरिएको छ ।