April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

बागमती प्रदेशमा भदौ ४ गते सार्वजनिक बिदा

9.9K

काठमाडौं । बागमती प्रदेश सरकारले भदौ ४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

बिहीबार बसेको प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले गाईजात्रा पर्वका अवसरमा आगामी मङ्गलबार बिदा दिने निर्णय गरेको हो ।

बैठकले आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेलाई सरकारको प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको छ ।

Advertisement

यस्तै, मन्त्रालयगत रुपमा आएको अस्थायी दरबन्दी स्वीकृत गर्ने समेत बैठकले निर्णय गरेको छ ।