March 5, 2026, Thursday
२०८२ फाल्गुन २२
1:37:26 pm

बागमती प्रदेशमा कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया अघि बढाउन बैठक बस्दै

1.4K

काठमाडौं । मुख्यमन्त्री बहादुरसिंह लामाले बागमती प्रदेश कांग्रेस संसदीय दलको नेताको हैसियत गुमाएका छन् । मंगलबार प्रदेश कांग्रेस संसदीय दलमा भएको मतविभाजमा इन्द्रबहादुर बानियाँका पक्षमा बहुमत मत आएपछि मुख्यमन्त्री लामा पराजित भएका हुन् ।

स्रोतकाअनुसार इन्द्रबहादुर बानियाँका पक्षमा बहुमत अर्थात २२ सांसद देखिदा लामाको पक्षमा १५ सांसदले मात्र मत दिएका हुन् ।

pinup pin up pin up pinup

बागमतीमा मुख्यमन्त्री परिवर्तनका लागि कांग्रेसकै मन्त्रीहरूले राजीनामा समेत दिएका थिए । मंगलबार मात्र खानेपानी, ऊर्जा तथा सिँचाईमन्त्री श्यामबहादुर खड्काले सोमबार दिएका थिए । यसअघि ९ साउनमा प्रदेशका ४ जना मन्त्रीले राजीनामा दिएर अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका थिए । मुख्यमन्त्री लामाले आफ्नो विरुद्धमा हस्ताक्षर गर्ने चार जना मन्त्रीलाई पदमुक्त गरिसकेका छन् । उनले रिक्त चार मन्त्रालयमा नयाँ मन्त्री नियुक्ति गरी अविश्वासको प्रस्ताव सामना गर्ने रणनीति तय गरेका थिए । तर मंगलबार संसदीय दलको नेतामा पराजित भएसँगै उनलाई मुख्यमन्त्रीबाट राजीनामा दिएर मार्गप्रशस्त गर्न दबाब बढेको छ ।

Advertisement

कांग्रेस प्रदेश सभापति तथा प्रदेश सांसद बानियाँको नेतृत्वमा अविश्वास प्रस्ताव दर्ता भएको हो । मुख्यमन्त्री लामा र बानियाँ दुवै कांग्रेस सभापति शेरबहादुर देउवा निकट नेता हुन् ।

नेपाली कांग्रेसको बागमती प्रदेश सभा संसदीय दलको बैठकले दलका नेता बहादुरसिंह लामाविरुद्धको अविश्वास प्रस्ताव पारित गरेसँगै संसदीय दलको नेता पद रिक्त भएको छ । यससँगै नयाँ नेता चयन गर्न प्रक्रिया अघि बढाइने भएको छ ।

मंगलबार दिउँसो ३ बजे नेपाली कांग्रेस बागमती प्रदेश समितिको बैठक बसेर संसदीय दलको नेता चयन प्रक्रिया अघि बढाउनेबारे निर्णय गर्ने भएको छ ।