काठमाडौं । भोजपुर परिवार दक्षिण कोरियाको दशौँ अधिवेशन सम्पन्न भएको छ । आइतबार सौलस्थित निक ट्राभल्स सोङ्देमुनमा सम्पन्न अधिवेशनले सुनिल बान्तावाको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ ।
समितिको बरिस्ठ उपाध्यक्षमा अजय खत्री, उपाध्यक्षमा डिवि राई, गोविन्द बिसी, राम साम्पाङ निर्वाचित भएका छन् भने महासचिवमा दिलिप बान्तावा, सचिवमा खगेन्द्र बिष्ट र उमेश कार्की, कोषाध्यक्षमा भुपाल थापा र सहकोषाध्यक्षमा सीता श्रेष्ठ निर्वाचित भएका छन् ।
यस्तै, समितिको सदस्यहरूमा शिवराज राई, चन्द्र तामाङ, नारायण बाबू प्रधान, प्रकाश बिष्ट, टेकनाथ खत्री, फूलमान राई, तारानाथ नेपाल, सन्तोष राई र अमर खुलाल निर्वाचित भएको भोजपुर समाजले एक प्रेस विज्ञप्ति जारी गरि जानकारी दिएको हो ।
संस्थाको संरक्षक शेषहाङ् राईको संयोजकत्वमा अर्जुन श्रेष्ठ र कृष्णकुमार राई सदस्य रहने गरि निर्वाचन आयोग गठन गरेको थियो । आयोगले लोकतान्त्रिक पद्धतिबाट हतुवागढी भोजपुरका सुनिल बान्तावाको अध्यक्षतामा १९ सदस्यीय समिती गठन गरेको हो ।
पुर्वाञ्चल सरोकार समाज दक्षिण कोरियाका अध्यक्ष गजेन्द्र शेर्माको प्रमुख आतिथ्यता र प्रवासी मजदुर युनियनका अध्यक्ष उदय राईको विशेष आतिथ्यतामा सम्पन्न अधिवेशनको उद्घाटन सत्रमा संस्थाद्धारा प्रकाशित पुस्तक “भोजपुर सन्देश” को बिमोचन समेत गरिएको थियो ।
कार्यक्रममा प्रवासी मजदुर युनियनका अध्यक्ष उदय राई, गैरआवासीय नेपाली संघ कोरियाका उपाध्यक्ष हरिप्रसाद भट्टराई, भोजपुर परिवारलाई अभिभावकत्व तथा नेतृत्व प्रदान गर्ने कृष्णकुमार राई (हाङ्खिम छा), आइएमई मिडिया नेपालका बिनोद बान्तावालाई सम्मान समेत गरिएको थियो।
अधिवेशन पश्चात् नव निर्वाचित अध्यक्ष बान्तावाको अध्यक्षतामा संस्थाको पहिलो पूर्ण बैठक बसेको थियो ।
सन् २००५ सेप्टेम्बर १८ मा गठन भएको भोजपुर परिवार दक्षिण कोरियाले १९ बर्षको अवधिमा १० औं अधिवेशन सम्पन्न गरेको हो। यस संस्थाले प्रवासी नेपालीहरुको सुखदुख साट्ने, भरअभरमा साथ सहयोग आदान
प्रदान गर्ने उदेश्यसहित स्थापित गरिएको संस्थाका महासचिव दिलिप बान्तावाले बताए ।