April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

डिआइजी खापुङद्वारा जिल्ला प्रहरी कार्यालय मोरङको निरीक्षण भ्रमण

1K

विराटनगर । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआइजी) चन्द्र कुबेर खापुङले आज जिल्ला प्रहरी कार्यालय मोरङको निरीक्षण भ्रमण गरेका छन् ।

निरीक्षण भ्रमणको क्रममा उनले कार्यालय भवन, सम्पूर्ण शाखाहरू, ब्यारेक, मेस, क्यान्टिन लगायत हिरासत कक्षकोसमेत निरीक्षण तथा अवलोकन गरेका छन् ।

भ्रमण अवलोकन पश्चात जिल्ला प्रहरी कार्यालय मोरङ तथा मातहतमा कार्यरत रहेका प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन दिँदै खापुङले “प्रहरी शासक होईन, सेवक हो’ भन्ने धारणालाई आत्मसात गरी कानूनको परिधीमा रहेर जनचाहाना बमोजिमको सुरक्षा प्रदान गर्न निर्देशन दिए ।

Advertisement

यसका साथै प्रमुख खापुङले सामाजिक संजालको सही सदुपयोग गर्न, साईबर क्राईमका घटनाहरुलाई न्यूनीकरण गर्न सचेतनामूलक कार्यक्रमहरू संचालन गर्नका साथै खुल्ला सिमानाको कारण हुने विभिन्न आपराधिक गतिविधि, चोरी तस्करीका घटनाहरुलाई नियन्त्रण गर्न आ-आफ्नो एरिया इलाकाहरुबाट लामो तथा छोटो दुरीको प्रहरी गस्ती खटाउन समेत निर्देशन दिए ।

सम्बोधनकै क्रममा उनले दैनिक काम कारवाहीलाई चुस्त, दुरुस्त बनाई अभिलेखिकरण गर्दै लैजाने र आम सेवाग्राहीसँग समान व्यवहार गरी प्रहरी संगठन र कार्यालयको श्री बृद्धीमा लागि पर्नका साथै ऐन नियमहरुको अध्ययन गर्ने बानी बसाल्न समेत सम्पूर्ण प्रहरी कर्मचारीहरुलाई निर्देशन दिए ।

निरीक्षण भ्रमणको क्रममा प्रदेश प्रहरी प्रमुख खापुङलाई जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक नवराज कार्कीले जिल्लाको समग्र शान्ति सुरक्षाको सम्बन्धमा जानकारी गराएका थिए ।