April 21, 2025, Monday
२०८२ बैशाख ९
1:37:26 pm

ललितपुरको ग्वार्कोमा आगलागी हुँदा एकै परिवारका पाँचजना घाइते

2K

काठमाडौं । ललितपुरको ग्वार्कोस्थित एक टहरोमा आगलागी हुँदा एकै परिवारका पाँचजना घाइते भएका छन् । आइतबार ललितपुर महानगरपालिका–१७ स्थित मोबिल राखिएको टहरोमा आगलागी हुँदा उनीहरू घाइते भएका हुन् ।

घाइते हुनेहरूमा सञ्जय गिरी उनकी श्रीमती रूपासहित १५ वर्षीय छोरा नित, आठ वर्षीया छोरी प्रिया र तीन वर्षीया छोरी एलिसा छन् ।

प्रहरीका अनुसार उनीहरूको किस्ट अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये तीन बालबालिकाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

Advertisement

आगलागी नियन्त्रणमा लिइएको छ । आगो निभाउन पाँच दमकल प्रयोग गरिएको थियो ।