April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

वेस्ट इण्डिज विरूद्धको खेलमा नेपालले पहिले बलिङ गर्ने

980

काठमाडौं । नेपालले वेस्ट इण्डिज विरूद्धको खेलमा पहिले बलिङ गर्ने भएको छ। त्रिवि मैदानमा टस जितेर नेपालका कप्तान रोहित पौडेलले पहिले बलिङ गर्ने निर्णय गरेका हुन् ।

नेपालसँग मैत्रीपूर्ण टी–२० क्रिकेट शृङ्खला खेल्न वेस्ट इन्डिजको ‘ए’ टोली बुधबार काठमाडौँ आइपुगेको छ।

क्यारेबियन टोलीका खेलाडीले शुक्रबार कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नियमित अभ्यास पनि गरेका थिए ।

Advertisement

नेपाल र वेस्ट इन्डिजबीच टी–२० खेलको पाँच वटा शृङ्खला खेलिने कार्यक्रम छ । शृङ्खलाको दोस्रो खेल आइतबार खेलिने छ । तेस्रो खेल मे १ तारिखमा खेलिने छ । चौथो खेल मे २ तारिखमा र पाँचौँ खेल मे ४ तारिखमा खेलिने छ ।

शृङ्खलाका सबै खेल कीर्तिपुर अन्तर्राष्ट्रिय क्रिकेट मैदानमै खेलिने नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ । क्यानले वेस्ट इन्डिज ‘ए’ विरुद्धको शृङ्खलाका लागि बिहीबार १६ सदस्यीय टोलीको घोषणा गरिसकेको छ ।