April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

1K

काठमाडौं। नेपाल एसीसी प्रिमियर कप ट्वान्टी २० क्रिकेटको सेमिफाइनलमा पुगेको छ । ओमानमा भइरहेको प्रतियोगितामा नेपालले बुधबार समूहचरणको अन्तिम खेलमा साउदी अरेबियालाई ६ विकेटले पराजित गरेसँगै  शतप्रतिशत विजयका साथ सेमिफाइनलमा पुगेको हो ।

पहिलो तीन खेल जितेर नेपाल यस खेल अगाडि नै समूह ‘ए’ को विजेता भएर सेमिफाइनलमा पुगिसकेको थियो । साउदी अरेबियाको जितले नेपालले शतप्रतिशत विजयलाई कायम राखेको हो ।

नेपालले पहिलो तीन खेलमा मलेसिया, कतार र हङकङलाई पराजित गरेको थियो ।

Advertisement