लन्डन । बेलायतमा याक्थुङ चलचित्र ‘रीत’को प्रदर्शन सम्पन्न भएको छ । ग्रेटर लण्डन शाखाको आयोजनामा आइतबार च्यारिटी शो सम्पन्न भएको हो ।
साउथ ह्यारो, गोल्डेन सीप लण्डनमा सम्पन्न च्यारिटी शो हेरिसकेपछि चलचित्र राम्रो भएको दर्शकहरुले प्रतिक्रिया दिएका थिए ।
चलचित्रमा तान्छोहाङ इङ्नाम, बिमला खजुम, लक्ष्मी योङहाङ, सोनी थोक्लिहाङ, सागर केरुङ, यासेली योङहाङ, तेज मेन्याङ्बो लगायतको अभिनय रहेको छ ।
केवाईसी युके, जीएलबीका अध्यक्ष देव आङ्बुहाङ, संथाका सल्लाहकार असारसिंह आङ्बुहाङ, केवाईसी नेपाल, ललितपुर उपाध्यक्ष आशा नेम्वाङ र उनका श्रीमान् भवानी नेम्वाङलाई कार्यक्रमको प्रारम्भमा खादाले सम्मान गरिएको थियो । शाखाले गोल्डेन सीपका डाइरेक्टर देव गुरुङलाई पनि खादा ओढाएर धन्यवाद दिएको थियो ।
सो अवसरमा संस्थाका सल्लाहकारहरू असारसिङ् आङ्बुहाङ, रेसु फियाकका साथै समितिका सदस्यहरू पदम योङ्हाङ, राजेन्द्र नाल्बो, राम लुम्फुङ्वा, बुद्ध इजम लिङदेन, किशोर आङ्देम्बे, गंगाराम सुब्बा, जसराज चेम्जोङको पनि सहयोग र उपस्थिति रहेको थियो।
यसैगरी, सदस्यहरू रन तावा, दिनेश लिङ्देन, नरमाया माङ्देन, भक्ति आङ्देम्बे, उज्ज्वलता सुब्बा, मीरा सुब्बा, रीना सुब्बा, केबी किराती, लुकी थेबेलगायत पनि उपस्थित थिए।
याक्थुङ लिम्बूहरूको संस्कृति र परम्पराको संरक्षण गर्न उपस्थित भएकामा अध्यक्षले सहभागीलाई धन्यवाद दिए।
केवाईसी युके ग्रेटर लन्डन शाखाका केन्द्रीय अन्तर्राष्ट्रिय जनसम्पर्क समिति अधिकारी कमला सेन्दाङ, शाखा अध्यक्ष देव आङ्बुहाङ, समितिका पदाधिकारीहरू पदम योङहाङ, राजेन्द्र नाल्बो र गंगाराम सुब्बाले चलचित्र प्रदर्शनको अन्त्यमा संकलन भएको रकम आशा नेम्बाङलाईलाई हस्तान्तरण गरेका थिए।
कार्यक्रममा विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो भने केवाइसी यूके, ग्रेटर लन्डन शाखाको तर्फबाट, कमला सेन्दाङ्, देव आङ्बुहाङ, पदम योङहाङ, राजेन्द्र नाल्बो र गंगाराम सुब्बाले चलचित्र प्रदर्शनको अन्त्यमा संकलन भएको सबै रकम सहयोग स्वरुप सामूहिक रूपमा आशा नेम्बाङलाई हस्तान्तरण गरेका थिए ।