April 21, 2025, Monday
२०८२ बैशाख ९
1:37:26 pm

भोजपुरमा आगलागीबाट एकै घरका तीन बालबालिकाको मृत्यु

1.6K

विराटनगर । भोजपुरमा आगलागीबाट तीन बालबालिकाको मृत्यु भएको छ । हतुवागढी गाउँपालिका–७ पिप्ले स्थितमा आगलागीबाट तीनजना बालबालिको मृत्यु भएको हो ।

प्रहरीका अनुसार हिजो साँझ पौने ७ बजे घरमा कोही नभएको अवस्थामा अचानक गाईगोठमा आगोलागी हुँदा खेल्दै गरेका एकैघरको दाजुभाईका ३ जना बालबालिको मृत्यु भएको हो ।

मृत्यु हुनेहरुमा सोही स्थान बस्ने केदार कार्कीको ५ वर्षीय छोरा प्रनिष कार्की, रमेश कार्कीको ७ वर्षीया छोरी दिप्सिका कार्की र दिप्सिकाकै भाई ३ वर्षीय दिउनिस कार्की रहेका छन् ।

Advertisement

घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।