April 19, 2025, Saturday
२०८२ बैशाख ६
1:37:26 pm

यूकेमा झन्डै १५ सय वर्ष पुराना कङ्कालको चिहान फेला

2.3K

लन्डन । यूकेको वेल्समा मध्ययुगको सुरुतिरको एउटा दुर्लभ चिहान फेला परेको छ । त्यसलाई छैटौँ बीबीसीले उल्लेख गरेअनुसार र पुरातत्त्वविद्हरूलाई आश्चर्यमा पार्ने यस चिहान छैटौं वा सातौँ शताब्दीको मानिएको छ । अनुमानित ७० मध्ये १८ वटा चिहानको उत्खनन भइसकेको बीबीसीले उल्लेख गरेको छ ।

त्यहाँ केही संरक्षित अवस्थामा रहेका कङ्कालहरू असामान्य स्थितिमा फेला परेका छन् । त्यस क्षेत्रमा अप्रत्याशित खालका देखिने कलाकृतिहरू पनि भेटिएका छन्न् । उत्खनन गरिएको क्षेत्रले त्यहाँका प्राचीन समुदायबारे थप खुलासा गरिरहेको छ तर त्यसले केही प्रश्न पनि खडा गरेको ।

यो चिहान कार्डिफ विमानस्थलको धावनमार्ग छेउमा रहेको एउटा मैदान क्षेत्रमा अवस्थित छ । त्यहाँ एउटा टोली ध्यानपूर्वक माथिल्लो भागको माटोको पातलो तह हटाउन व्यस्त छ । त्यो तह चिहानमा धेरै पहिलेदेखि थुप्रिएको थियो ।

Advertisement

यूनिभर्सिटी अफ रेडिङकी पुरातत्त्वविद् समर कोट्र्सका अनुसार करिब १,५०० वर्ष पुरानो भए पनि कङ्कालहरू राम्रै अवस्थामा छन् ।