लन्डन । नेपाली प्रतिभा प्रतिष्ठान बेलायतको अध्यक्षमा टंक वनेम निर्वाचित भएका छन् । प्रतिष्ठानको पाँचौँ अधिवेशनले वनेमको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।
शनिबार सम्पन्न अधिवेशनले समितको उपाध्यक्षमा मिजास तेम्बे र देवेन्द्र खेरेस, महासचिव चोक गुरुङ, कोषाध्यक्षमा निर्मला परिवेश राई र सचिवमा अञ्जु अञ्जलीलाई चयन गरेको छ।
यस्तै, समितिको सदस्यहरूमा दयाकृष्ण राई, रक्ष राई, गणेश राई, नरेश नाति र दीपा लिम्बू राई चयन भएका छन् ।
सन् २००८ मा प्रवासमा नेपाली साहित्य, कला, संगीतको प्रवद्र्धन र जगेर्ना गर्ने उद्देश्यले उक्त प्रतिष्ठानको स्थापना भएको थियो ।