April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

कोभिड-१९ निर्मुल नहुने खोप निर्माण कम्पनी मोर्डनाका प्रमुखको दाबी

2.3K

एजेन्सी – कोभिड-१९ को माहामारी निर्मुल नहुने आशंका विज्ञहरुले गर्दै आइरहेका बेला कोरोना भाइरसविरुद्ध सफल खोप उत्पादन गरेको अमेरिकी कम्पनी मोर्डनाका प्रमुख कार्यकारी अधिकृत (सीईओ)ले पनि यो सधैं रहिरहने बताएका छन् ।

जनस्वास्थ्य विज्ञहरूले कोभिड-१९ मानवजगतमा रहिरहने बताउँदै आएका छन् । यसबीच मोर्डनका सीईओ स्टेफन बान्सलले पनि कोभिड-१९ सधैं रहिरहने बताएका हुन् ।

जेपीएम मोर्गनको स्वास्थ्य सम्मेलनमा बोल्दै बुधबार स्टेफनले भनेका छन्, ‘हामी यो भाइरससँग बाँचिरहेका छौं र यो सदाका लागि हुनसक्छ ।’

Advertisement

अहिलेकै अवस्थामा जसरी उग्ररुपमा माहामारी नै नरहेपनि समुदायबाट पूर्णरुपमा कोभिड-१९ निर्मुल नहुने विज्ञहरुको भनाइ छ ।

अनुसन्धानकर्ताहरुले कोरोना भाइरसको नायँ स्वरुपको पनि अध्ययन गरिरहेको र प्रत्येक नयाँ स्वरुपविरुद्धको खोप पनि बनाउँदै जाने उनले बताएका छन् ।