November 24, 2025, Monday
२०८२ मंसिर ८
1:37:26 pm

०८४ मा कसैले गठबन्धन गरेर जान्छु भन्यो भने कांग्रेस पार्टी एक रहँदैन : गगन थापा

1.6K

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ०८४ को निर्वाचनमा नेपाली कांग्रेसको कुनै पनि शक्तिले गठबन्धन गर्छु भन्ने आँट देखाउनै नसक्ने बताएका छन् । बिहीबार नेपाल प्रेस युनियन काठमाडौंले गरेको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले यदि कसैले गठबन्धन गर्न चाहन्छ भने त्यसबाट पार्टी विभाजनको बाटोमा जाने बताए ।

कार्यक्रममा बोल्दै महामन्त्री थापाले भने, ‘०८४ सालमा चुनावमा जाँदै गर्दाखेरी हामी गठबन्धनमा जाँदै जाँदैनौं । यो कसैले कल्पनै नगरे हुन्छ । यदि कसैले गठबन्धन गरेर जान्छु भनेर भन्यो भनेदेखि त्यो बेलामा नेपाली कांग्रेस पार्टी एक रहँदैन ।’

उनले चुनावमा गठबन्धन गर्ने कुरा पूर्णरुपमा अलोकतान्त्रिक नभए पनि नेपालको सन्दर्भमा निर्वाचन अगाडि गरिने गठबन्धनले प्रकारान्तरमा लोकतान्त्रिक संस्कृतिकलाई विकृत बनाउने बताए । उनले भने, ‘हाम्रो लोकतन्त्रले जुन चरित्र, जुन विशेषता बोक्नुपर्ने हो त्यो बोक्नै सक्दैन, यसले तल जरासम्म कुहाउँछ । त्यसकारण निर्वाचन अगाडि गठबन्धन गर्ने कुरा रणनीतिक हिसाबले फाइदा बेफाइदा होला, तर सैद्धान्तिक हिसाबले गलत छ । यो अब मान्य हुँदैन ।’

Advertisement

उनले अर्को चुनाव आउन चार वर्ष बाँकी हुँदा नै पार्टीभित्र चुनाव हारिन्छ कि भनेर रुवाबासी भइरहेको बताए ।