April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

बाह्र दिनमा काठमाडौँमा ६०० जनालाई डेंगु

1.5K

काठमाडौँ । काठमाडौँमा पछिल्लो १२ दिनमा ६०० जनामा डेंगु सङ्क्रमण भएको पाइएको छ । अहिलेको समयदेखि कात्तिक मसान्तसम्म काठमाडौँ उपत्यकामा डेंगु सङ्क्रमणको उच्च जोखिम रहेको स्वास्थ्यकर्मीको आशंका छ ।

पछिल्लो समय काठमाडौँका अन्य ठाउँको तुलनामा कालिमाटी, कलङ्की एरियाबाट डेंगुका बिरामी टेकु अस्पतालमा उपचारका लागि बढी आइरहेको जानकारी प्राप्त भएको छ ।

गएको आठ महिनायता ३४ हजार ८७९ जना सङ्क्रमित भएका छन् । इपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) को आँकडालाई केलाउँदा प्रत्येक दिन २०० नयाँ सङ्क्रमित थपिरहँदा २० जनाको ज्यान गएको ईडीसीडीले जनाएको छ ।

Advertisement

डेंगु केश हाल ७६ जिल्लामा पुष्टि भइसकेको छ । नेपालमा डेंगुले थप तीन महिनासम्म सम्म सताउने भएकाले सजग रहन विज्ञहरूले सुझाएका छन् ।