April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

एसियाली खेलकुद: क्रिकेटको क्वाटरफाइनलमा भारतद्वारा नेपाललाई २०३ रनको लक्ष्य

1.4K

हङकङ। १९औं एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनलमा भारतले नेपाललाई जितका लागि २०३ रनको लक्ष्य दिएको छ । चिनको हान्झाउस्थित जेजिएङ युनिभर्सिटी अफ टेक्नोलोजी क्रिकेट फिल्डमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा चार विकेट गुमाएर २०२ रन बनाएको हो ।

भारतका लागि ओपनर यशस्वी जैसवालले शतक प्रहार गरे । जैसवालले ४९ बल खेल्दै ८ चौका र ७ छक्का मद्दतमा १०० रन बनाए ।

जैसवालले कप्तान रुतुराज गाएकवाडसँग पहिलो विकेटका लागि शतकीय साझेदारी गरेका थिए । पहिलो विकेटका लागि यो जोडीले १०३ रनको साझेदारी गरेका थिए । भारतले पावर प्लेमै विना क्षति ६३ रन बनाएको थियो ।

Advertisement