काठमाडौं। एसिया कप क्रिकेटको आफ्नो दोस्रो खेलमा नेपालले आज भारतसँग खेल्दै छ । खेल नेपाली समय अनुसार ३:१५ मा सुरु हुने छ ।
यसअघि नेपाली टोली आफ्नो पहिलो खेलमा पाकिस्तानसँग दुई सय ३८ रनले पराजित भएको थियो ।
नेपाल र भारतबीचको खेलसँगै समूह ‘ए’ को सबै खेल सकिने छ । हाल समूह ‘ए’ तालिकामा पाकिस्तान चार अंकसहित पहिलो स्थानमा छ ।
पाकिस्तान र भारतबीच शनिबार खेलिएको खेल भने वर्षाका कारण रद्द भएको थियो ।