काठमाडौं । मुसिकोट नगरपालिका–१ पौदीअमराइका वडाध्यक्ष मोहन घिमिरे मृत अवस्थामा भेटिएका छन् । उनी रुखमा झुन्डिएको अवस्थामा फेला परेका हुन् ।
बिहान करिब पाँच बजेको फेसबुक स्टाटसमा ‘अलबिदा’ लेखेका घिमिरे बिहान साढे सात बजे घरबाट करिब डेढ घण्टाको दूरीमा रहेको घन्टुङ भन्ने जंगलमा झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
उनले फेसबुमा लेखेका छन्, ‘परिस्थितिको चपेटामा परेपछि बाँच्नुको अर्थ हुँदो रहेनछ । प्रीय अनिता, साथ निभाउन सकेन । मलाई माफ गरे । घर परिवार, साथिभाइ सुभचिन्तक सबैसँग माफी चाहान्छु । अल बिदा ।’
परिवार स्रोतका अनुसार उनी शुक्रबार अपराह्न घरबाट वडाको काममा निस्केका थिए । उनी रातभर घर नफर्केको पारिवारिक स्रोतले जनाएको छ ।
घिमिरे नेपाली कांग्रेस मुसिकोट नगरपालिका नगर कमिटीका अध्यक्षसमेत हुन् ।