April 21, 2025, Monday
२०८२ बैशाख ९
1:37:26 pm

बुटवलमा सरसफाइ अभियान, टोलटोलमा सञ्चालन गर्न नगरप्रमुखको आह्वान

2.8K

काठमाडौं । बुटवल उपमहानगरको ४५ दिने सरसफाइ कार्यक्रम अन्तर्गत दोस्रो हप्ताको विशेष सरसफाई कार्यक्रम सम्पन्न भएको छ । सरसफाइ कार्यक्रममा ‘लायन्स क्लब अफ बुटवल भृकुटी प्याराडाईज’ले सहभागिता जनाएको थियो ।

उपमहानगरपालिकाले हरेक शुक्रबार आयोजना गर्दै आएको सरसफाई कार्यक्रममा अन्तर्गत यसहप्ता भुड्की चोक अस्पताल लाइनदेखि ट्राफिक चोकसम्म सरसफाइ गरेको हो ।

कार्यक्रममा ‘जोन चेयरपर्शन तथा क्लब’की उपाध्यक्ष अमृता कार्की पौडेल, अध्यक्ष सुमित्रा टण्डन, सचिव सुनिता न्यौपाने, कोषाध्यक्ष गंगा लिम्बू, सरस्वती राना लगायतको सहभागिता रहेको थियो । यस्तै, अतिथिमा जिएसटी एमजिएफ राधिका भुसाल, गाईडलाईनर अनामिका घिमिरे, सेकेण्ड भिडिजि एमजिएफ बलराम भट्टराईको उपस्थिति रहेको थियो ।

Advertisement

सो अवसरमा नगर प्रमुख खेलराज पाण्डेयले अभियानका क्रममा बाँकी रहेका स्थानहरुमा पुनः सरसफाइ अभियान सञ्चालन गरिने र स्वतस्फूर्त रुपमा टोलटोलमा अभियान सञ्चालन गर्न आह्वान गरेका । हरेक दिन बुटवल उपमहानगरका सफाइकर्मीले सरसफाइ जारी राख्ने र हरेक शुक्रबार बुटवल उपमहानगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, सामाजिक संस्था, नेपाल प्रहरी, नेपाली सेनासहितको टोलीले सरसफाइ गर्ने कार्यक्रम रहेको थियो । साथै, उपमहानगरपालिकाले आगामी शुक्रबार बिहान ६ः३० बजे ट्राफिक चोकमा अभियानअन्तरगतको सरसफाइ र वृक्षरोपणका लागि आह्वान गरेको छ ।