काठमाडौं । आइसिसी एकदिवसीय क्रिकेट विश्वकप छनोट प्रतियोगितामा नेपाल आफ्नो पहिलो खेलमा पराजित भएको छ। आइतबार घरेलु मैदानमा भएको खेलमा नेपाललाई टिम जिम्बावेले ८ विकेटले पराजित गरेको हो।
नेपालले दिएको २९१ रनको लक्ष्य जिम्बावेले ४४.१ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्यो।
जिम्बावेको जितमा दुई ब्याटरले शतक प्रहार गरे। क्राग इर्भिन र सिन विलियम्सले शतक प्रहार गरे।
इर्भिनले नटआउट १२१ रन र विलियन्सले नटआउट १०२ रन जोडे। त्यसअघि ओपनर जोएलर्ड २५ रन र माधेवेरे ३२ रन जोडे।
बलिङमा नेपालका सोमपाल कामी र गुल्सन झाले १-१ विकेट लिए।