April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

काठमाडौं महानगरपालिकाद्वारा दुईवटा अस्पताल सिल

1.5K

काठमाडौं । काठमाडौं महानगरपालिकाले दुईवटा अस्पताल सिल गरेको छ । दर्ता नवीकरण नगरी सञ्चालन भइरहेको बौद्धमा रहेको चाइना पिपुल्स हस्पिटल र कोटेश्वरमा रहेको हाम्रो सहयात्री अस्पताल एवम् वर्थिङ सेन्टरलाई महानगरले सिल गरेको हो ।

महागरपालिकाको स्वास्थ्य संस्था अनुगमन टोलीले अनुगमन गर्ने क्रममा दुवै अस्पताल लामो समयदेखि दर्ता नवीकरण नगरी सञ्चालन भइरहेको पाइएको महानगरले जनाएको छ ।

महानगरका अनुसार अस्पताल भित्र सञ्चालित फार्मेसी विना दर्ता सञ्चालन भइरहेको पाइएको छ ।

Advertisement