April 22, 2025, Tuesday
२०८२ बैशाख १०
1:37:26 pm

वर्षमान पुनको स्वस्थ्यमा सुधार, चाँडै नेपाल फर्किने

2.2K

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा प्रतिनिधि सभा सदस्य वर्षमान पुन स्वस्थ्य भएका छन् । लामो समयदेखि चीनमा उपचाररत उनी चाँडै नै नेपाल फर्किने तयारीमा छन् ।

जटिल प्रकारको वंशाणुगत जण्डिसबाट पीडित पुनको सेनजेनस्थित थर्ड पिपुल्स् अस्पतालमा उपचाररत छन् । स्वस्थ्यमा सुधार भएसँगै पुन नेपाल फर्किने तयारी गरिरहेको र केही दिनमै नेपाल फर्किने उनको पारिवारिक स्रोतले बताएको छ ।

गत ४ मंसिरको निर्वाचनमा रोल्पाबाट प्रतिनिधिसभा सदस्य निर्वाचित पुन स्वास्थ्यमा समस्या देखिएपछि मतगणना नसकिँदै काठमाडौँ आएका थिए ।

Advertisement