November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

कोरोना भ्याक्सिन प्रयोग गर्न भारतले दिएको अनुमतिमाथि वैज्ञानिकहरूको आपत्ति

3K

नयाँ दिल्ली– कोरोनाविरूद्धको भ्याक्सिन प्रयोग गर्नका लागि भारतले दिएको अनुमतिमाथि भारतीय वैज्ञानिकहरूले आपत्ति जनाएका छन्।

उनीहरूले भारतमा प्रयोग गरिने भनिएको भ्याक्सिनको तेस्रो परीक्षण भइनसकेकाले यसले झन् ठूलो जोखिम निम्त्याउने दाबी गरेका हुन्।

तेस्रो परीक्षणबिना नै भ्याक्सिन प्रयोग गर्न अनुमति दिनु अनुचित रहेको भन्दै इन्डियाज नेसनल इन्स्टिच्युट अफ इम्युनोलोजीकी इम्युनोलोजिस्ट बिनिता बालले भनिन्‚ ‘तेस्रो परीक्षणबिना नै कुनै भ्याक्सिन प्रयोग गर्न अनुमति दिनु सरकारको अनुचित निर्णय हो।’

Advertisement

भ्याक्सिन निर्माणकर्ताहरूले तेस्रो परीक्षणमा भ्याक्सिनको कम्तिमा पनि ५० प्रतिशत प्रभावकारिता पुष्टि गर्नुपर्ने क्रिस्चियन मेडिकल कलेजका भेलोरका इम्युनोलोजिस्ट गगनदिप काङले बताए।