November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

१३ डीआइजीहरुको पदस्थापन, अख्तियारमा चन्द्र कुबेर खापुङ

4.3K

काठमाडौं । गृह मन्त्रालयले बढुवा भएका १३ प्रहरी नायब महानिरीक्षक (डीआइजी)हरुको पदस्थापन गरेको छ । बुधबार गृहमन्त्रीस्तरीय निर्णयानुसार बढुवा भएका डीआइजीहरुको पदस्थापन भएको हो ।

प्रहरी प्रधान कार्यालयको मानव स्रोत विकास विभागका अनुसार डीआइजी कुवेर कडायत प्रहरी महानिरीक्षकको सचिवालय, केदर ढकाल आर्थिक प्रशासन तथा प्रबन्ध निर्देशनालय, विष्णुकुमार केसी अन्वेषण योजना तथा विकास निर्देशनालय, भरतबहादुर बोहोरा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, रविन्द्र केसी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, राजेशनाथ बास्तोला कोशी प्रदेश प्रहरी कार्यालयमा पदस्थापन भएका छन् ।

यस्तै, डीआइजीहरु चन्द्र कुबेर खापुङ अख्तियार दुरुपयोग अनुसन्धान आयोग, जनक भट्टराई मधेश प्रदेश प्रहरी कार्यालय, लालमणि आचार्य काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरी, सुरेन्द्र मैनाली अपराध अनुसन्धान निर्देशनालय, अर्जुन चन्द ठकुरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, यज्ञविनोद पोखरेलको केन्द्रीय अनुसन्धान ब्यूरो र विकासराज खनाल कार्य निर्देशनालयमा सरुवा भएका छन् ।

Advertisement