April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

इतिहासको रथ अगाडि बढिसकेको छ पछाडि फर्कन सक्दैनः अध्यक्ष नेपाल

1.5K

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले इतिहासको रथ पछि नफर्कने बताएका छन् । बुधबार नेकपा एकीकृत समाजवादीको प्रचार विभागले आयोजना गरेको सम्पादकसँगको भेटघाट कार्यक्रममा बोल्दै नेपालले गणतन्त्रविरूद्ध औंला उठाउनेहरूका उद्देश्य पूरा हुन नदिने भन्दै अव इतिहासको रथ पछि नफर्कने बताएका हुन् ।

अध्यक्ष नेपालले अगाडि बढिसकेको नेपाललाई पछाडि फर्काउन मेहनत गरिरहेकाहरूको उद्देश्य सफल नहुने बताए । इतिहासको रथ अगाडि बढिसकेको छ, पछाडि फर्कन सक्दैन। यो उल्टो दिशामा जान सक्दैन । त्यस्ता प्रवृत्तिलाई कुनैपनि हालतमा सफल हुन दिँदैनौं । जो परीक्षामा फेल भइसकेका छन्, त्यस्ताहरूले यो व्यवस्था माथि औलो ठड्याउनु सुहाउँदो कुरा होइन ।’ अध्यक्ष नेपालले सत्तारुढ गठबन्धन पाँच वर्षसम्म कायम रहने दाबी गर्दै ढुक्क हुन आग्रह गरे ।

उहाँले मुलुकमा राजनीतिक स्थायित्व, विकास, समृद्धि र सुशासनलाई ध्यानमा राखेर सत्तारुढ गठबन्धनलाई अगाडि बढाइएको भन्दै राजनीतिक स्थायित्वलाई ध्यानमा राखेर नै हामीले यो गठबन्धनलाई अगाडि बढाएका छौं । मुलुकमा राजनीतिक स्थायित्व, विकास, सुशासनका लागि हामीले मिलेर अघि बढने प्रतिवद्धता गरेको बताउनु भयो । वर्तमान सत्तारुढ गठबन्धन जनताको जनादेश अनुसार बनेको र यसले मुलुकलाई मिलेर अघि बढाउने प्रण गरेको बताउनु भयो ।

Advertisement