काठमाडौं । ललितपुरको कुपण्डोलस्थित महिन्द्राको सर्भिसिङ सेन्टरमा आगलागी हुँदा ७ वटा चारपाँग्रे गाडी, ३ वटा मोटरसाइकल र ३ वटा स्कुटर जलेका छन् ।
प्रहरीका अनुसार आज बिहान ४ः४७ मा आगलागी भएको हो । आगो नेपाल प्रहरीको सक्रियतामा ५ः१७ बजे नियन्त्रणमा लिइएको थियो ।
आगलागीको कारण नखुलेको र क्षतिको पूर्ण विवरण संकलनको काम पनि भइरहेको प्रहरीले जनाएको छ ।